ए डिभिजन लिगमा एनआरटी र जावलाखेल भिड्दै

नेपालभ्युज

ए डिभिजन लिगमा एनआरटी र जावलाखेल भिड्दै

काठमाडौं। सहिद स्मारक लिग ए डिभिजनमा आज सोमबार दशरथ रंगशालामा एक खेल हुनेछ । सोमबार एनआरटीले जावलाखेलको सामना गर्नेछ र त्यसमा दुवैसामु जितसँगै स्थिति सुधारको मौका हुनेछ ।

नवौं चरणको यस खेलसँग लिग एक महिनाको विश्राममा जानेछ । यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा) ले पुलिस र च्यासलबीचको खेल रद्द गरेको थियो । नवौं चरणको यो खेल अब पछि हुनेछ ।
एनआरटी आठ खेलबाट १० अंकमा छ र आठौं स्थानमा रहेको छ । जावलाखेल भने समान आठ खेलबाट आठ अंक नै जोडेर दसौं स्थानमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved