आजको मौसम : सामान्य बदली रहने आकलन

पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावले आंशिकदेखि सामान्य बदली रहने आँकलन गरिएको छ।

नेपालभ्युज

आजको मौसम : सामान्य बदली रहने आकलन
सांकेतिक तश्वीर

काठमाडौं। पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावले आंशिकदेखि सामान्य बदली रहने आकलन गरिएको छ। उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।
अहिले बिहान तराईका धेरै स्थानमा हुस्सु कुहिरो लागेको छ। दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमतीमा आंशिकदेखि सामान्य बदली रहने आँकलन छ।
त्यस्तै सुदूरपश्चिम र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।
राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । मंगलबार कर्णाली र गण्डकीका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved