विधेयक फिर्ता प्रस्ताव बहुमतले पारित

नेपालभ्युज

विधेयक फिर्ता प्रस्ताव बहुमतले पारित

सुर्खेत। कर्णाली प्रदेशसभाको आज बसेको नवौँ अधिवेशनको दोस्रो बैठकबाट दुई विधेयक फिर्ता प्रस्ताव बहुमतले पारित भएको छ।

कर्णाली प्रदेश सरकारका योजनामन्त्री विन्दमान विष्टले यही २८ पुसमा (बुधबार) बसेको प्रदेशसभाको नवौँ अधिवेशनको पहिलो बैठकमा ‘कर्णाली प्रदेश विनियोजन विधेयक, २०७८’ र ‘कर्णाली प्रदेश आर्थिक विधेयक, २०७८’ सभाबाट फिर्ता लिन प्रदेशसभामा प्रस्ताव गरेका थिए।

दुवै विधेयकको फिर्ता प्रस्तावमा प्रदेशसभा सदस्यहरूको विरोध नभएपछि सभामुख राजबहादुर शाहीले प्रस्तावको पक्षमा विधेयक बहुमतले स्वीकृत भएको घोषणा गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved