गोलबजारमा हतियारसहित एक युवक पक्राउ

नेपालभ्युज

गोलबजारमा हतियारसहित एक युवक पक्राउ

जनकपुरधाम। प्रहरीले सिरहाको गोलबजार नगरपालिका–६ डोहटियाबाट हतियारसहित एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा स्थानीय २७ वर्षीय पङ्कजकुमार महतो रहेको प्रहरीले जनाएको छ। आफ्नै घरमा हतियार लुकाइछिपाइ राखेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले एक थान म्याग्जिनसहित महतोलाई पक्राउ गरेको सिरहा प्रहरीले जनाएको छ। पक्राउ परेका महतोमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved