जबर्जस्तीकरणी गरी हत्यामा संलग्न भएको आरोपमा आमाछोरा पक्राउ

नेपालभ्युज

जबर्जस्तीकरणी गरी हत्यामा संलग्न भएको आरोपमा आमाछोरा पक्राउ

बारा। एक बालिकालाई जबर्जस्तीकरणी गरी हत्यामा संलग्न रहेको आरोपमा बारा प्रहरीले एकै परिवारका आमाछोरालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा जिल्ला बारा आदर्श कोतवाल गाउँपालिका–८ टोल कोतवाली निवासी २० वर्षीय छोरा सन्तोष साह कानु र ४० वर्षीय आमा शान्ति देवीलाई पक्राउ गरी सार्वजनिक गरेको हो।

बारा आदर्श कोतवाल गाउँपालिका–७ की नौ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरी हत्यामा संलग्न रहेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको छ। गत पुस २७ गते गाउँपालिका–७ स्थित जमुनीखोलामा बालिकाको शव फेला परेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved