भारतको लद्दाखमा बढे कोरोना संक्रमित

नेपालभ्युज

भारतको लद्दाखमा बढे कोरोना संक्रमित

एजेन्सी। भारतको केन्द्रशासित प्रदेश लद्दाखमा कोरोना संक्रमणका घटना बढेका छन्। पछिल्लो २४ घण्टामा प्रदेशभर १ सय २४ जनामा संक्रमण पुष्टि भएको हो। यससँगै लद्दाखमा सक्रिय संक्रमितको संख्या बढेर ५ सय ९८ पुगेको छ। जसमध्ये ५ सय ५२ जना लेह र ४६जना कारगिल जिल्लामा छन्।

शुक्रवार स्वास्थ्य विभागले बताएअनुसार लद्दाखका ज्ञद्दद्ध मामिलामध्ये १ सय ४ लेह र २० कारगिलमा देखिएको हो। प्रदेशमा अहिलेसम्म कोरोनाले २ सय २२ जनाको मृत्यु भइसकेको छ। प्रदेशमा अहिलेसम्म कुल २२ हजार ९ सय ७३ जना कोरोना संक्रमित भइसकेका छन् भने २२ हजार १ सय ५३ जना निको भइसकेका छन्।

संक्रमणलाई ध्यानमा राख्दै लद्दाखमा अहिले स्कूल, कलेज, क्लब र जिम आदि सबै बन्द छन्। होटल र रेस्टुरेन्टहरू २५  प्रतिशत क्षमताको साथमा चलिरहेका छन्। बढ्दो संक्रमणलाई ध्यानाम राखेर प्रदेशमा व्यापक परीक्षण र खोप अभियान जारी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved