कोरोना असरः अष्ट्रेलियाले रद्द गर्‍यो टेनिस स्टार जोकोभिचको भिसा

नेपालभ्युज

कोरोना असरः अष्ट्रेलियाले रद्द गर्‍यो टेनिस स्टार जोकोभिचको भिसा

काठमाडौं। टेनिस स्टार नोभाक जोकोभिचको भिसा अष्ट्रेलियाले रद्द गरेको छ। कोरोना संक्रमणका कारण उनको भिसा रद्द भएको बताइएको छ।

प्रधानमन्त्री स्कट मोरिसनले सरकारले ३४ वर्षीय टेनिस स्टार जोकोभिचको भिसा अष्ट्रेलियन ओपनको मुखैमा शुक्रबार रद्द गरेको बताएका छन्।

कोरोनाविरुद्धको खोप लगाएको उपयुक्त प्रमाण दिन नसकेका जोकोभिचको भिसा रद्द गरेपछि प्रधानमन्त्री मोरिसनले कोभिड महामारीको विरुद्ध यो कदम सही रहेको पुष्टि गरेका छन्।

‘अष्ट्रेलियालीहरूले यस महामारीको समयमा धेरै बलिदानहरू गरेका छन्,’ मोरिसनले एक विज्ञप्तिमा भनेका छन्, ‘र, उनीहरूले ती बलिदानहरूको नतिजा सुरक्षित हुने आशा गर्दछन्।’

जोकोभिच २१ पटक ग्राण्डस्लाम जित्दै नयाँ रेकर्ड बनाउने लक्ष्यसहित अष्ट्रेलियन ओपन खेल्ने तयारीमा थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved