गौशाला नगरपालिकाले शिक्षण संस्था बन्द नगर्ने

नेपालभ्युज

गौशाला नगरपालिकाले शिक्षण संस्था बन्द नगर्ने
सांकेतिक तश्वीर

जनकपुरधाम । महोत्तरीको गौशाला नगरपालिकाले संघीय सरकारको निर्दे्शर्ने गरेको शिक्षण संस्था बन्द गर्ने निर्णय नमान्ने बताएको छ।

संघीय सरकारले कोभिड संक्रमण बढेको भन्दै १५ माघसम्म देशभरका विद्यालय बन्द गर्न निर्देशन दिए पनि गौशाला नगरपालिकाले भने ४ माघदेखि पालिकाभित्रका सबै विद्यालय खोल्न निर्देशन दिएको छ।

संघीय सरकारले निर्देशन जारी गरेकै दिन बसेको नगरपालिकाको शिक्षा समितिको बैठकले ४ माघपछि कुनै पनि शिक्षण संस्था बन्द नगर्ने निर्णय गरेको हो। नगरपालिकाले २८ पुसदेखि ४ माघसम्म वर्षे बिदा कट्टा हुनेगरी जाडो बिदा भने दिएको तर कोरोनाको कारण विद्यालय थप बन्द नगर्ने जनाएको छ।

नगर प्रमुख शिवनाथ महतोले जाडो बिदा सकिएलगत्तै यसपछि सबै विद्यालय भौतिक उपस्थितिमै खुल्ने जनाएको छ ।

पालिकाले २७ पुसमा सूचना प्रकाशित गरी कोरोना संक्रमण रोक्न स्वास्थ्य मापदण्ड अपनाएर ४ माघपछि विद्यालयहरूमा नियमित पठनपाठन गर्न भनेको छ। “विद्यार्थीहरूको भविष्यलाई मध्यनजर गरी जोखिमप्रति सचेत हुँदै सम्पूर्ण शिक्षण संस्था खोल्ने निर्णय गरेका हौँ,” नगरप्रमुख शिवनाथ महतोले भने।

नगरपालिकाको निर्णयलाई शिक्षण संस्थाहरूले समेत स्वागत गरेका छन्। जोखिमलाई आकलन गरी सुरक्षित वातावरणमा पठनपाठन गराउने निजी तथा सरकारी विद्यालयहरूले प्रतिबद्धता जनाएका छन् । तर, जिल्लाका अन्य पालिकाले भने केन्द्रको सूचनाको पालना गर्न निर्देशन दिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved