सिंहदरबार प्रवेशमा कडाइ, यसअघिका प्रवेश पास खारेज

मन्त्रालयले सङ्क्रमणको जोखिमलाई हेरेर सबै मन्त्रालय, निकाय, सचिवालय, आयोगले जारी गरेको स्थायी तथा अस्थायी पास र अस्थायी परिपत्र पत्र खारेज गर्ने निर्णय गरेको जनाएको छ।

नेपालभ्युज

सिंहदरबार प्रवेशमा कडाइ, यसअघिका प्रवेश पास खारेज

काठमाडौं। कोभिड १९ (कोरोना भाइरस) को नयाँ भेरियन्ट ओमिक्रोनको सक्रमण बढ्दै गएपछि गृह मन्त्रालयले सिंहदरबार प्रवेशमा कडाइ गरेको छ।

मन्त्रालयले सङ्क्रमणको जोखिमलाई हेरेर सबै मन्त्रालय, निकाय, सचिवालय, आयोगले जारी गरेको स्थायी तथा अस्थायी पास र अस्थायी परिपत्र पत्र खारेज गर्ने निर्णय गरेको जनाएको छ।

कुनै पनि निकायले अब नयाँ अस्थायी पास वा परिपत्र पत्र जारी गर्नुपरेमा गृह मन्त्रालयको पूर्वसहमति लिनुपर्नेछ। मन्त्रालयले बुधवार निकालेको सूचनाअनुसार सरसफाइसँग सम्बन्धित व्यक्तिहरूको हकमा यसअघि जारी भएको पासकै आधारमा प्रवेश दिइनेछ।

पत्रकारहरूले सूचना विभागले जारी गरेको परिचय पत्रका आधारमा प्रवेश पाउनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved