भीडभाडमा प्रशासनको कडाइ, सबै कार्यक्रम रद्ध

कोभिड भाइरस संक्रमण तीव्र रूपमा बढेपछि २५ जनाभन्दा बढी व्यक्तिहरू सहभागी हुने भेला, सम्मेलनलगायतका कार्यक्रमहरू स्थगित भएका छन्।

नेपालभ्युज

भीडभाडमा प्रशासनको कडाइ, सबै कार्यक्रम रद्ध

काठमाडौं। कोभिड भाइरस संक्रमण तीव्र रूपमा बढेपछि २५ जनाभन्दा बढी व्यक्तिहरू सहभागी हुने भेला, सम्मेलनलगायतका कार्यक्रमहरू स्थगित भएका छन्। काठमाडौंं उपत्यकाका तीन वटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को मंगलबार बसेको बैठकले राति १२ बजेदेखि लागू हुने गरी विभिन्न प्रतिबन्धात्मक घोषणा गरेपछि पूर्वनिर्धारित भेला तथा छलफल रुद्ध भएका हुन्।

‘अत्यावश्यक बाहेकका सभा, मेला, सम्मेलन, उत्सव नगर्नका लागि अनुरोध गरिएपछि राजनीतिक तथा गैर राजनीतिक कार्यक्रम रुद्ध भएका खबर पाएका छौँ,’ ललितपुरका सिडिओ घनश्याम उपाध्यायले भने। पूर्वनिर्धारित अत्यावश्यक कार्यक्रमहरू भए स्थानीयको स्वीकृति लिएर गर्न सकिने उनले बताए।

आदेशको अनुगमनका लागि सुरक्षा निकायलाई परिचालन गरिने सिडिओ उपाध्यायले जानकारी दिए।अनुगमन गर्दा आदेशको पालना नगरेको भए संक्रामक रोग ऐनअनुसार कारबाही गरिने जनाइएको छ। कोरोनाको पछिल्लो भेरियन्ट फैलिन नदिन आवश्यक मापदण्ड जारी गरिएको उनले बताए।

कोभिड–१९ संकट  व्यवस्थापन केन्द्र (सीसीएमसीसी)को सिफारिस एवं गृह मन्त्रालयको निर्णयअनुसार स्थानीय प्रशासन ऐन र संक्रामक रोग ऐन,२०२० ले दिएको अधिकार र स्थानीय प्रशासन ऐन, २०२८ को  प्रयोग गरी जिल्ला प्रशासन कार्यालयले आदेश जारी गरेको हो। त्यस्तै राजनीतिक दलका सभा, सम्मेलनसहित भीडभाडजन्य सबै गतिविधि गर्न पनि बन्देज लगाएको छ। सार्वजनिक स्थलमा निस्कँदा मास्कको अनिवार्य प्रयोग गर्न, भौतिक दूरी कायम गर्न, साबुन पानीले हात धुन र स्यानिटाइजरको प्रयोग गर्न सीडीओको बैठकले आदेश जारी गरेको छ। माघ ७ गतेदेखि जिल्लाभित्रका सबै सार्वजनिक सेवा लिन खोप कार्डलाई अनिवार्य गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved