भोलिदेखि देशभरको मौसम बिस्तारै खुल्ने

आज (मंगलबार) देशभरको मौसम आंशिक बद्ली रहेको छ।

नेपालभ्युज

भोलिदेखि देशभरको मौसम बिस्तारै खुल्ने

काठमाडौं। आज (मंगलबार) देशभरको मौसम आंशिक बद्ली रहेको छ। आज सुदूरपश्चिम प्रदेश र प्रदेश–१ का एकदुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पश्चिमी वायुको प्रभावले आज कतैकतै हल्का वर्षा भए पनि भोलिदेखि बिस्तारै मौसम खुल्दै जाने र घाम लाग्न सुरु हुने महाशाखाका मौसमविद् वरुण पौडेलले बताए।

उनकोे अनुसार आज बिहान हुस्सु, कुहिरो लागे पनि देशका धेरैजसो ठाउँमा दिउँसो घाम लाग्ने सम्भावना छ ।

भोलि पनि प्रदेश–१ मा भने आंशिकदेखि सामान्य बद्ली भई एकदुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उच्च पहाडी र हिमाली क्षेत्रका एकदुई ठाउँमा हल्का हिमपात हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved