एक सातामा पाँच गुणा बढ्यो कोरोना

नेपालभ्युज

एक सातामा पाँच गुणा बढ्यो कोरोना

काठमाडौं। नेपालमा कोरोना संक्रमण दर एक सातामा पाँच गुनाले उकालो लागेको छ ।
अघिल्लो साताको आइतबार २१६ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा यस सातको आइतबार ११६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिबार ९४४ जनामा कोरोना संक्रमण भएको थियो।

यस्तै शुक्रबार ९६८, बिहीबार ५४०, बुधबार ४३५, मंगलबार ३९३ र सोमबार ३२६ नयाँ संक्रमित थपिएका थिए ।
आइतबार कोरोना संक्रमणबाट दुई जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ६३२ जनाको नमुना परीक्षण गरिएको थियो । यस अवधिमा २२४ जना संक्रमणमुक्त भएका छन् ।

अहिले सक्रिय संक्रमितको सङ्ख्या ६७५५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणमा उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved