धनुषामा ६५ हजार गाईभैँसीमा खोरेत रोग विरुद्धको खोप

धनुषामा घरपालुवा जनावर गाई भैँसीमा महामारीको रुपमा लाग्ने खोरेत रोग विरुद्धको खोप अभियान अन्तर्गत ६५ हजार गाई भैँसीमा लगाइएको छ।

नेपालभ्युज

धनुषामा ६५ हजार गाईभैँसीमा खोरेत रोग विरुद्धको खोप

जनकपुरधाम। धनुषामा घरपालुवा जनावर गाईभैँसीमा महामारीको रुपमा लाग्ने खोरेत रोग विरुद्धको खोप अभियान अन्तर्गत ६५ हजार गाई भैँसीमा लगाइएको छ।

धनुषामा खोरेत रोगको संक्रमण फैलिएपछि नियन्त्रणका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनुषाले जिल्ला भरिमा ६५ हजार गाई भैँसीमा निःशुल्क रोग विरुद्धको खोप दिएको छ।

विज्ञ केन्द्रका प्रमुख पशु चिकित्सक इन्द्रदेव साहले धनुषाको जनकपुरधाम उपमहानगरपालिका सहित १८ स्थानीय तहको पशु शाखा मार्फत खोप दिने काम भएको जानकारी दिए ।
डा. साहले खोरेत रोगको संक्रमणबाट किसानहरूको गाई भैँसीको मृत्यु हुन थाले पछि एफएमडि खोप दिइएको बताए।

पशुमा महामारीको रूप फैलिएको खोरेत रोग विरुद्धको खोप अभियान पछि अहिले नियन्त्रणमा आएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनुषाले दाबी गरेको छ। यस रोगमा पशुहरूको खुर तथा मुखमा घाउ हुने भएको तर खोप अभियान पछि यस घाउ निको पनि हुन थालेको बताइएको छ।

खास गरेर खोरेत रोग लागेपछि खुट्टा तथा मुखमा घाउ भएर किरा लाग्ने र पशुले खान छोड्ने र त्यसपछि लडेर मृत्यु हुने गर्दछ। पशुहरूमा प्राणघातक रोगको रुपमा रहेको खोरेत रोग छिमेकी जिल्ला सिरहाबाट धनुषामा सरेको डा. साहले बताए।

खोरेत रोग निक्कै सङ्क्रामक भएकाले रोग लागेको पशुको सम्पर्कमा आएका अन्य पशुमा समेत सर्ने भएकाले रोग लागेको पशु भन्दा रोग नलागेका पशुलाई टाढा राख्नुपर्ने सुझाव पशु चिकित्सकहरूले दिएका छन्।

बर्सेनि रुपमा फैलिने गरेको खोरेत रोगको संक्रमणबाट पशु चौपायालाई जोगाउनका लागि नियमित रुपमा नै खोप लगाउनका लागि किसानहरूलाई पशु चिकित्सकहरूले सुझाव दिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved