कोभिड संक्रमण बढ्न थालेपछि उपत्यकाका दुई सीडीओहरूको बैठक बस्दै

नेपालभ्युज

कोभिड संक्रमण बढ्न थालेपछि उपत्यकाका दुई सीडीओहरूको बैठक बस्दै

काठमाडौं । कोरोना संक्रमण बढ्न थालेपछि काठमाडौं उपत्यकाका दुई जिल्ला भक्तपुर र ललितपुरमा सीडीओहरूको बैठक बस्दै छ।

छुट्टाछुट्टै बस्ने बैठकमा कोभिड-१९ को संक्रमण न्यूनीकरण, सतर्कता तथा यसको तयारीबारे छलफल गरिने ललितपुर प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए।

आज दिउँसो २ बजे बस्ने खोप समितिको बैठकमा जिल्लामा पछिल्लो समय देखिएको संक्रमण अवस्था र त्यसलाई रोक्न आवश्यक निर्णयबारे छलफल हुने उनले बताए।”यो नियमित खोप समितिकै बैठक हो, हामी जिल्लामा देखिएको पछिल्लो संक्रमणको जोखिम र त्यसका लागि चाल्नुपर्ने कदमबारे पनि छलफल गर्नेछौं”, उनले भने।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved