आजको मौसम : मेघ गर्जनसहित हल्का वर्षा, चिसोबाट बच्न आग्रह

नेपालभ्युज

आजको मौसम : मेघ गर्जनसहित हल्का वर्षा, चिसोबाट बच्न आग्रह

काठमाडौं । आज (शनिबार) देशका सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशहरूमा मेघ गर्जसहित हल्का वर्षा हुने छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना रहेको छ।

देशका सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशहरूमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ।

देशभर पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण केही दिनयता मौसममा सुधार आउन सकेको छैन। अहिले बागमती, गण्डकी, लुम्बिनी, प्रदेश २ तथा सूदूरपश्चिम क्षेत्रमा बाक्लो हुस्सु लागिरहेको छ। यी स्थानहरूमा सामान्य बदली हुने जनाइएको छ।

यसैबीच महाशाखाले सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानहरूमा तथा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन रचट्याङसहित हल्का वर्षाको सम्भावना रहेकोले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन सतर्कता अपनाउन आग्रह गरेको छ।

हिजो पनि प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved