ओमिक्रोन जोखिम ह्वात्तै बढेपछि अस्पताललाई तयार रहन सरकारको निर्देशन

नेपालभ्युज

ओमिक्रोन जोखिम ह्वात्तै बढेपछि अस्पताललाई तयार रहन सरकारको निर्देशन

काठमाडौं। शुक्रबार एकैसाथ नेपालमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। एकैसाथ ठूलो संख्यामा ओमिक्रोन संक्रमण देखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयारी अवस्थामा रहन अस्पतालहरूलाई निर्देशन दिएको छ।

शुक्रबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले भनेको छ, ‘ओमिक्रोन भेरिएन्टले गर्दा हुनसक्ने अत्यधिक बिरामीहरूको चापलाई मध्यनजर गर्दै सबै अस्पतालहरूलाई तयारी अवस्थामा रहन, उपचारका लागि आवश्यक पर्ने अक्सिजन लगायत अन्य सामाग्रीहरुको यथेस्ट जोहो गर्न र स्वास्थ्यकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।”

ओमिक्रोनका कारण संक्रमण बढ्न सक्ने सम्भावना भएकाले थप सजगता अपनाउन आवश्यक देखिएकाले स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयले अनुरोध गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved