काठमाडौं । बतास समूहसँग आफ्नो कुनै आबद्धता नरहेको प्रधानमन्त्रीपत्नी तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य आरजू राणाले स्पष्ट पारेकी छन्। आज सामाजिक सञ्जालमा विज्ञप्ति नै निकालेर उनले यसबारे प्रस्ट्याएकी हुन्।
केही दिनयता बतास समूहसँग आफ्नो पनि नाम जोडिएर विभिन्न सञ्चारमाध्यममा आएकाले उनले स्पष्टीकरण दिएकी हुन्। साथै उनले आफ्नो संलग्नता रहेका केही संस्थाहरूको नाम पनि खुलाएकी छन्।
जसमा
१ ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक), नेपाल (संस्थापक अध्यक्ष तथा सल्लाहकार)
२ साथी, नेपाल (संस्थापक, पूर्व अध्यक्ष तथा सल्लाहकार)
३ सुरक्षित मातृत्व संजाल महासंघ (संस्थापक एवं वर्तमान अध्यक्ष)
४ नामी (अध्यक्ष)
५ उल्लेन्स स्कुल (अध्यक्ष, बिद्यालय व्यवस्थापन समिति)
६ Blood Donors association of Nepal BLODAN (संरक्षक) रहेको जनाएकी छन्।
Facebook Comment
Comment