सहमतिको बिन्दु खोजेर संसद्को अवरोध हटाउनुपर्छः रामचन्द्र पौडेल

“नेपाललाई असफल राष्ट्र बनाउन पाइँदैन भन्ने मेरो भनाइ हो। सबै नेताहरुलाई मैले अनुरोध गर्‍याछु”, पौडेलले भने, “सहमति, सम्झौता बिन्दु खोजौँ। कुनै न कुनै सहमतिको बिन्दु खोजौँ।”

नेपालभ्युज

काठमाडौं। सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले संसद्को अवरोध हटाउनका लागि राजनीतिक दलहरुका बीचमा सहमतिको बिन्दु खोज्नुपर्ने बताएका छन्।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समितिको बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेपाली कांग्रेसका नेता तथा उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक पौडेलले संसद्को अवरोध हटाउनका लागि सहमतिको बिन्दु खोजि गर्नुपर्ने बताए।

पौडेलले समितिको बैठकमा आफूले संसद् र अदालतको अवरोध हटाउनका लागि सहमति र सम्झौताको बिन्दु खोज्नुपर्ने कुरा राखेको पनि जानकारी दिए। उनले सबै गतिरोधहरुलाई हटाएर मुलुकलाई गति दिनुपर्ने बताए।

“नेपाललाई असफल राष्ट्र बनाउन पाइँदैन भन्ने मेरो भनाइ हो। सबै नेताहरुलाई मैले अनुरोध ग¥ याछु”, पौडेलले भने, “सहमति, सम्झौता बिन्दु खोजौँ। कुनै न कुनै सहमतिको बिन्दु खोजौँ।”

पौडेलले अदालतको अवरोध, संसद्को अवरोध, यो मुलुकमा एमसीसीको अवरोध जति पनि अवरोधहरु छन्, सबै गतिरोधलाई हटाएर मुलुकलाई अब गति दिनुपर्ने बताए। उनले आफूले १५/१६ बुँदे एउटा सुझाव राखेको भन्दै त्यसमा भोलि छलफल हुने बताए।

“अलिअलि दुखेसो, गुनासोहरु गर्नुभएको छ। तिनका बाबजुद पनि त समाधान त चाहियो”, पौडेलले भने, “निकास त चाहियो नि जसरी पनि भन्ने कुरा मेरो छ।”

संयोजक पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवाले गतिरोध अन्त्य गरी समाधान निकाल्नका निम्ति अग्रसरता देखाउनुपर्नेमा आफूले जोड दिएको पनि बताए।

बैठकमा आफूले सुझावहरु समेत पेस गरेको भन्दै पौडेलले उक्त सुझावहरुको विषयमा पनि थप छलफल गरिने उल्लेख गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved