सचिवालयका कर्मचारीलाई कोरोना देखिएपछि प्रचण्डको भेटघाट बन्द

प्रचण्डको सचिवालयले विज्ञप्ति जारी गर्दै भेटघाट बन्द गरेको जनाएको छ।

नेपालभ्युज

सचिवालयका कर्मचारीलाई कोरोना देखिएपछि प्रचण्डको भेटघाट बन्द
फाइल तस्वीर

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्यक्तिगत भेटघाट बन्द गरेका छन्।

केन्द्रीय कार्यालयमा कार्यरत कम्तिमा ६ जना कर्मचारीमा कोरोना संक्रमण देखिपछि अध्यक्ष प्रचण्डले व्यक्तिगत भेटघाट र शुभकामना तथा बधाई आदान प्रदान आजैदेखि रोकेका हुन्।

प्रचण्डको सचिवालयले विज्ञप्ति जारी गर्दै भेटघाट बन्द गरेको जनाएको छ। विज्ञप्तिमा पार्टी केन्द्रीय कार्यालयमार्फत संस्थागत भेटघाटको व्यवस्था मिलाउने प्रयास गर्ने भनिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved