गाँजासहित एकै परिवारका चारजना पक्राउ

नेपालभ्युज

गाँजासहित एकै परिवारका चारजना पक्राउ

जनकपुरधाम। महोत्तरीको गौशालाबाट लागुऔषध गाँजासहित प्रहरीले एकै परिवारका चारजनालाई पक्राउ गरेको छ।

लागुऔषध गाँजासहित गौशाला नगरपालिका–४ रजखोर बस्ने ७० वर्षीय रामचन्द्र साह, उनका ५० वर्षीय छोरा उपेन्द्र साह, २१ वर्षीय रोहित साह र १८ वर्षीय विवेक साहलाई प्रहरीले पक्राउ गरेको हो।

लागुऔषध गाजाको कारोबार गरिरहेको भन्ने विशेष सूचनाको आधारमा गए राती ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णु प्रदीप बस्यालको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुको घरको खानतलासी गर्दा ८ केजी गाँजा बरामद भएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टले जानकारी दिए।

उनका अनुसार खानतलासी गर्दा रामचन्द्रको घरबाट बिक्रीको लागी पुरिया बनाई राखेको तयारी गाँजा ३ केजी, डिजिटल तराजु एक थान र गाँजा बिक्री गरेकोे जम्मा नगद एकहजार १ सय रुपैया बरामद गरी रामचन्द्र र उनका १८ बर्षिय नाती रोहितलाई पक्राउ गरिएको हो।

त्यस्तै, रामचन्द्रको छोरा उपेन्द्र साहको घरबाट बिक्रीको लागी पुरिया बनाई राखेको तयारी गाँजा ५ केजी, डिजिटल तराजु एक थान र गाजा बिक्री गरेको नगद ६ हजार ५ सय रुपैया बरामद गरी उपेन्द्र र उनका १९ वर्षिय छोरा विवेक साहलाई पक्राउ गरिएको डिएसपी विष्टले बताए।

पक्राउ परेका उनीहरुलाई लागुऔषध मुद्दामा कारबाही प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved