काठमाडौं। नेपालामा पछिल्लो केही दिनयता कोभिड-१९ संक्रमितहरू थपिन थालेका छन्।
२४ घण्टामा थप ४ सय ३५ जनामा संक्रमण पुष्टि भएको छ। ६ हजार ७१५ जनाको पीसीआर परीक्षण गर्दा ३७० र ३ हजार ५ सयको एन्टिजेन परीक्षण गर्दा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ।
यस्तै पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन भने २ सय ३९ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमित संख्या ५ हजार २२५ छ।
४ हजार ८५२ जना होम आइसोलेशनमा रहेका छन् भने ३७३ जना संस्थागत आइसोलेशनमा छन्। कोरोनाका बिरामीमध्ये ८४ जना आईसीयू र १४ जना भेन्टिलेटरमा छन्।
हिजो (मंगलबार) ३ सय ९३ जना संक्रमित थपिएका मन्त्रालयले तथ्यांक दिएको थियो। जुन ९ हजार ३ सय २९ जनामा परीक्षण गर्दा यो संख्यामा संक्रमित थपिएका मन्त्रालयको तथ्यांकमा छ।
Facebook Comment
Comment