प्रचण्ड फेरि अध्यक्ष

प्रचण्डलाई अध्यक्ष बनाउने प्रस्ताव नारायणकाजी श्रेष्ठले गरेका थिए भने उक्त प्रस्तावको समर्थक पूर्वसभामुख कृष्णबहादुर महरा रहेका थिए।

नेपालभ्युज

प्रचण्ड फेरि अध्यक्ष

काठमाडौं। नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड सर्वसम्मत भएका छन्।

आठौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठकबाट प्रचण्ड सर्वसम्मत अध्यक्ष भएका हुन्।

प्रचण्डलाई अध्यक्ष बनाउने प्रस्ताव नारायणकाजी श्रेष्ठले गरेका थिए भने उक्त प्रस्तावको समर्थक पूर्वसभामुख कृष्णबहादुर महरा रहेका थिए।

श्रेष्ठको प्रस्तावलाई केन्द्रीय कमिटी बैठकले सर्वसम्मत अनुमोदन गरेर प्रचण्डलाई अध्यक्ष बनाएको हो।

अध्यक्षमा प्रचण्ड सर्वसम्मत भएको घोषणा निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले घोषणा गरेका थिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved