ए डिभिजन लिगः हिमालयन शेर्पासँग सातदोबाटो पराजित

सातदोबाटोका खेलाडी पिटर सेगुनले शेर्पाका त्रिदेव गुरुङलाई पेनाल्टी बक्समा फल गरेपछि पाएको पेनाल्टीको अवसरलाई विश्वासले सदुपयोग गरेका थिए।

नेपालभ्युज

ए डिभिजन लिगः हिमालयन शेर्पासँग सातदोबाटो पराजित

काठमाडौं। सातदोबाटो युथ क्लबलाई पराजित गर्दै हिमालयन शेर्पा क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिगको पाँचौँ स्थानमा उक्लेको छ।

सोमबार दशरथ रंगशालामा भएको लिगको सातौं चरणको खेलमा शेर्पाले ‘ए’ डिभिजनको नवप्रवेशी क्लब सातदोबाटोलाई १–० गोल अन्तरले पराजित ग¥यो।

शेर्पाको जितका एक मात्र निर्णायक गोल विश्वास श्रेष्ठले गरेका थिए। खेलको ४४ औँ मिनेटमा विश्वासले पेनाल्टीमार्फत गरेको एक मात्र गोल नै शेर्पाको जितमा पर्याप्त बन्यो।

सातदोबाटोका खेलाडी पिटर सेगुनले शेर्पाका त्रिदेव गुरुङलाई पेनाल्टी बक्समा फल गरेपछि पाएको पेनाल्टीको अवसरलाई विश्वासले सदुपयोग गरेका थिए।

त्यसपछि दोस्रो हाफमा दुवै टिमले केही मौकाहरु खेर फाल्दा खेलमा थप गोल हुन सकेन।

लिगमा लगातार तेस्रो जित निकाल्दै शेर्पा सात खेलबाट ११ अंकसहित लिगको पाँचौ स्थानमा उक्लन सफल भएको छ। समान खेलबाट समान ११ अंक रहे पनि आर्मी गोल अन्तरको आधारमा तेस्रो स्थानमा छ।

हारपछि सात खेलमा आठ अंक रहेको सातदोबाटो आठौँ स्थानमा कायमै छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved