माओवादीको महाधिवेशनले प्रतिनिधि सभा बैठक स्थगित

नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनका कारण प्रतिनिधि सभा बैठक स्थगित गरिएको जनाइएको छ।

नेपालभ्युज

माओवादीको महाधिवेशनले प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौँ । आज (आइतबार)का लागि तय गरिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। सत्तारुढ दल नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनका कारण प्रतिनिधि सभा बैठक स्थगित गरिएको जनाइएको छ।

स्रोतका अनुसार माओवादी केन्द्रका नेता एवं सांसदहरू महाधिवेशनमा व्यस्त रहेका कारण बैठक आगामी पुस २२ गते बस्ने गरी स्थगित गरिएको हो।

सभामुख लगायत माओवादी नेताहरूको व्यस्तताकै कारण बैठक स्थगित गरिदिन आग्रह गरिएको बुझिएको छ ।

आजै प्रतिनिधि सभा बैठक बस्नुअघि तय गरिएको कार्यव्यवस्था समितिको बैठक पनि स्थगित भएको छ । गत आइतबारदेखि माओवादी केन्द्रको महाधिवेशन जारी रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved