प्रतिनिधि सभा बैठक बस्दै, एमालेको अवरोध जारी रहने

प्रतिनिधि सभा बैठक आज (आइबार) बस्दैछ। बैठक दिउँसो १ बजे बैठक बस्नेछ।

नेपालभ्युज

प्रतिनिधि सभा बैठक बस्दै, एमालेको अवरोध जारी रहने

काठमाडौं। प्रतिनिधि सभा बैठक आज (आइबार) बस्दैछ। बैठक दिउँसो १ बजे बैठक बस्नेछ। बैठकअघि बिहान साढे ११ बजे सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।

कार्यव्यवस्था परामर्श समितिमा संसद्को अवरोध खुलाउनेबारे पनि छलफल हुने सभामुख सापकोटाको सचिवालयले जनाएको छ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गत भदौयताको बैठकमा लगातार संसद् बैठक अवरुद्ध गर्दै आएको छ।

आफूले कारबाही गरेका सांसदको पद खारेज गरेको सूचना सभामुखले नटाँसेको भन्दै एमालेले लगातार संसद् अवरोध गर्दै आएको हो।

तर, सभामुखले पेलेर बैठक अघि बढाउँदै आएका छन्। संसद अवरुद्ध जारी रहने एमालेले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved