एमाले सरकार हुँदा विदेश जाने युवाको संख्या घटेको ओलीको दाबी

“गरिब नेपाललाई धनी युवाले बनाउने हो। कतार रेमिट्यान्सले बनेको होइन, नेपाल जस्ता देशका युवाको मिहेनतले बनेको हो”, ओलीले भने।

नेपालभ्युज

एमाले सरकार हुँदा विदेश जाने युवाको संख्या घटेको ओलीको दाबी
फाइल फोटो

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा विदेश जाने नेपालीको संख्या घटेको दाबी गरेका छन्। विदेशबाट नेपाल फर्किएका युवाहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन्।

आफू प्रधानमन्त्री हुँदा विदेश जाने नेपालीको संख्या घटेको बताउँदै दोस्रो पटक प्रधानमन्त्री हुँदा त्यो बढेर विदेश जाने युवाको संख्या १८ प्रतिशतले घटेको दाबी गरे।

आफू प्रधानमन्त्री हुँदा रेमिट्यान्स बढेको समेत उनको दाबी छ। विदेशबाट नेपाल फर्किएका युवाहरुलाई संरक्षण गर्ने पार्टी एमाले भएको ओलीले बताए।

जर्मनी फुटेर १६ टुक्रा भएको बताउँदै ओलीले युवाहरुकै भूमिकाका कारण जर्मनीमा विकास भएको बताए।

“गरिब नेपाललाई धनी युवाले बनाउने हो। कतार रेमिट्यान्सले बनेको होइन, नेपाल जस्ता देशका युवाको मिहेनतले बनेको हो”, ओलीले भने।

नेपाल विकास विदेश गएर होइन देशभित्रै काम गरेर मात्रै हुने उनको तर्क थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved