तमु ल्होसारका अवसरमा प्रधानमन्त्रीले दिए शुभकामना

कोरोना सङ्क्रमणको जोखिम कायमै रहेकाले जनस्वास्थ्य मापदण्ड अपनाउँदै पर्व मनाउन प्रधानमन्त्री देउवाले आग्रह पनि गरेका छन्।

नेपालभ्युज

तमु ल्होसारका अवसरमा प्रधानमन्त्रीले दिए शुभकामना

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले गुरुङ समुदायको पर्व ‘तमु ल्होसार’को अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति तथा सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन्।

कोरोना सङ्क्रमणको जोखिम कायमै रहेकाले जनस्वास्थ्य मापदण्ड अपनाउँदै पर्व मनाउन प्रधानमन्त्री देउवाले आग्रह पनि गरेका छन्।

‘नेपाली संस्कार र संस्कृतिमा आआफ्नै विशिष्ट पहिचान र विशेषता रहेको छ । विविधताभित्रको एकता र सामाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यासका उदाहरण पनि हुन् । यही सद्भाव र एकतालाई प्रवर्द्धन गर्ने उदाहरणीय पर्वमध्येको एक ल्होसार पनि हो’, प्रधानमन्त्री देउवाले आज जारी गरेको शुभकामना सन्देशमा भनिएको छ।

हरेक साल पुस १५ मा यो चाड मनाइने गरिन्छ। गुरुङ समुदायमा पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्ने हेतु यो पर्व मनाउने चलन छ। तमु ल्होसारको अवसरमा आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved