गुरुङ समुदायले आज तमु ल्होसार मनाउँदै, सार्वजनिक बिदा

गुरुङ समुदायले आज (बिहीबार) पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दैछन्। अर्थात् तमु ल्होसार पर्व मनाउँदैछन्।

नेपालभ्युज

गुरुङ समुदायले आज तमु ल्होसार मनाउँदै, सार्वजनिक बिदा
फाइल फोटो

काठमाडौँ। गुरुङ समुदायले आज (बिहीबार) पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दैछन्। अर्थात् तमु ल्होसार पर्व मनाउँदैछन्।

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु हो। वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ का रुपमा मनाइन्छ। तमु ल्होसारका अवसरमा सरकारले आज (बिहीबार) सार्वजनिक बिदा दिएको छ। बुधवार बसेको मन्त्रिपरिषद् बैठकले देशैभर तमु ल्होसार पर्वको अवसरमा विदा दिने घोषणा गरेको हो ।

गुरुङको बाहुल्य क्षेत्र लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतका जिल्लामा गुरुङ समुदायको बाहुल्यता छ। यो पर्व अहिले राजधानीमा पनि धुमधान साथ मनाइन्छ ।

आज १५ पुसपछि सबैभन्दा लामो हुने भएकाले पनि यो पर्वको महत्त्व छ । तमु ल्होसारका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा लगायतले शुभकामना व्यक्त गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved