सामूहिक बलात्कारको अभियोगमा थप एकजना पक्राउ

नेपालभ्युज

सामूहिक बलात्कारको अभियोगमा थप एकजना पक्राउ

काठमाडौं। महिलालाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको अभियोगमा नेपाल प्रहरीले थप एकजनालाई पक्राउ गरिएको छ। यसअघि नै सामूहिक बलात्कारको अभियोगमा प्रहरीले ८ जनालाई पक्राउ गरेको थियो। थप एकजनालाई बुधबार दिउँसो ४ बजे नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए।

काठमाडौँको एक गेस्ट हाउसमा आफुमाथि सामूहिक करणी भएको भन्दै मंगलबार दिउँसो एक महिलाले प्रहरीमा उजूरी दिएकी थिइन्। त्यसलगत्तै खोजतलास र अनुसन्धानमा निस्किएको प्रहरीले गए राति ८ बजे एक जनालार्ई पक्राउ गरेको मैनालीले बताए। उनीसँगको बयान र थप अनुसन्धानपछि गए राति ११ बजेसम्ममा सात जनालाई नियन्त्रणमा लिएको उनले जानकारी गराए।

मैनालीका अनुसार थप खोजतलासका क्रममा आज बिहान ९ बजेतिर एक जना र अपराह्न ४ बजे थप एक गरी अहिलेसम्म नौ जना आरोपी पक्राउ परेका छन्। पीडितको स्वास्थ्य परीक्षण गरिएको र घटनाको अनुसन्धान भैरहेको मैनालीले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved