शाखा अधिकृतको विज्ञापन १८ पुससम्म यथास्थानमा राख्न अदालतको आदेश

नेपालभ्युज

शाखा अधिकृतको विज्ञापन १८ पुससम्म यथास्थानमा राख्न अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले शाखा अधिकृतको विज्ञापन प्रक्रिया १८ पुससम्म यथास्थानमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएको छ।

२०७६ सालमा लोकसेवा आयोगले गरेको विज्ञापनबमोजिम सबै चरणका परीक्षा दिई सिफारिसको पर्खाइमा रहेका ६ जनाद्वारा दायर रिटमाथि सुनुवाइ गर्दै अदालतले आयोगलाई आदेश दिएको हो।

आयोग र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई विपक्षी बनाई रिट दायर भएको थियो।

आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको भूमिकामाथि असन्तुष्ट परीक्षार्थीले सर्वोच्च अदालतको आदेशपछि सिफारिस गर्ने गरी भए पनि अन्तिम योग्यताक्रम प्रकाशन गरी पाऊँ भनी मुद्दा दायर गरेका थिए। एउटै चरणको नतिजा नआउँदा बारम्बार एउटै पदमा आ‍य‍ोगले आवेदन खुलाउन नहुने उनीहरूले बताएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved