फिटनेस

६५ वर्षमा पनि जवान देखिन्छन् अनिल, यस्तो छ राज

दैनिक हिंड्नाले स्वस्थ भइने अनिलको विश्वास छ। बिहान–बिहान दौडदा मानिसको स्वास्थ र प्रतिरोध प्रणाली बलियो हुन्छ, शारिरीक र मानसिक स्वास्थमा सुधार हुन्छ।

नेपालभ्युज

६५ वर्षमा पनि जवान देखिन्छन् अनिल, यस्तो छ राज

एजेन्सी। भारतीय अभिनेता अनिल कपूर शुक्रबारबाट ६५ वर्षको भए। २४ डिसेम्बर १९५६ मा जन्मिएका अनिलले १४ वर्षको उमेरमै ‘तु पायल में गीत’ नामक फिल्मबाट बलिउडमा डेब्यु गरेका थिए।

त्यसको झन्डै १० वर्षपछि ‘वंश वृक्षम’ फिल्ममार्फत उनले लिड रोलमा अभिनय गर्न थाले। अनिलका समकालिन अभिनेता/अभिनेत्रीहरूलाई बुढ्यौलीले छोइसक्यो। तर, उनी अहिले पनि फिट देखिन्छन्।

मिस्टर इन्डिया र स्लम डग मिलेनियरजस्ता चर्चित फिल्मका यी अभिनेता कडा डाइट र अनुशासित जीवनशैली अबलम्बन गर्छन्।

एक अन्तर्वार्ताका दौरान आफ्नो स्वास्थको राज खुलाउँदै अनिलले भनेका छन्, ‘‘म हरेक दिन ६ बजे उठ्छु र केरा खान्छु। यसबाट कार्बस्, पोटासियम र आइरन मिल्छ।’’

दैनिक ५–६ पटक केही न केही खाने गरेको उनले बताएका छन्। ब्रेकफास्टमा उनी अण्डा र टोस्ट वा ओट्स लिन्छन्। कफी वा फ्रेस जुस पनि यसमा समावेश हुन्छ।

साँझको समयमा उचित मात्रा मिलाएर चिकेन वा माछा लिने गरेको उनले बताएका छन्। दिनभर पटक–पटक पानी पिउने र जंक फुड तथा चिनीबाट टाढा रहने गरेको उनले बताए। तर, उनी दुध, दहीजस्ता डेरी आइटम भने निरन्तर लिइरहन्छन्।

वर्कआउट

चलचित्रमा आफुले निभाउने पात्रको भूमिका हेरेर उनी आफुलाई त्यस्तै शारिरीक बनावटमा ढाल्ने प्रयत्न गर्छन्। यसका लागि दुईदेखि तीन घण्टासम्म अनिलले जिममा बिताउने गरेको बताइन्छ।

शरीरको एउटै हिस्सामा ध्यान दिनुभन्दा पनि उनी समग्र शरीरको कसरतामा ध्यान दिन्छन्। चियर स्क्वाट्स, सिट अपस्, फ्रि वेट्स्, क्रन्चेस्, पुस–अपलगायत व्यायाम पनि उनी गर्छन्।

उनले कहिल्यै नछाड्ने कार्य हिंड्नु हो। दैनिक हिंड्नाले स्वस्थ भइने उनको विश्वास छ। बिहान–बिहान दौडदा मानिसको स्वास्थ र प्रतिरोध प्रणाली बलियो हुन्छ, शारिरीक र मानसिक स्वास्थमा सुधार हुन्छ।

त्यहीकारण, ६५ वर्षको उमेरमा पनि अनिल जवानजस्तै देखिन्छन्। यसबाहेक उनी समय–समयमा साइकिलिङ गर्छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved