हरेक दिन चार विपन्न बिरामीलाई सरकारी दरमै पत्थरीको शल्यक्रिया

वडाबाट आर्थिक रूपले विपन्न भएको खुल्ने कागजात ल्याउनुपर्ने

नेपालभ्युज

हरेक दिन चार विपन्न बिरामीलाई सरकारी दरमै पत्थरीको शल्यक्रिया

काठमाडौं।  काठमाडौं ललितपुरको कुपन्डोलस्थित खड्गी इन्स्टिच्युट अफ इण्डोयुरोलोजीले हरेक दिन चार जना विपन्न बिरामीलाई सरकारी दरमै मिर्गौला पत्थरीको शल्यक्रिया गर्ने भएको छ।

वडाबाट आर्थिक रूपमा विपन्न भएको पत्र ल्याएपछि मिर्गौला पत्थरीको सर्जरी वीर अस्पतालमा लाग्ने खर्चमै गरिने गरिने इन्स्टिच्युटका प्रबन्ध निर्देशक एवं कन्सल्ट्यान्ट युरोलोजिष्ट डा संजय खड्गीले बताए।

निजी क्षेत्रबाट सञ्चालित विश्वस्तरीय सेवा दिने इन्स्टिच्युट भए पनि त्यसको सेवा आम सर्वसाधारण गरीवको पहुँचमा समेत पुगोस् भन्ने खास उद्देश्यका साथ यो इन्स्टिच्युट सञ्चालन गरिरहेका उनको भनाइ थियो। भने, “अति विपन्न परिवारका बिरामी आए पनि पैसाकै कारण फर्किनु नपरोस्।”

मुत्र प्रणालीसँगसम्बन्धित रोगहरू यूआरएसएल, आरआईआरएस, मिनिपिसिएनएलजस्ता प्रविधिबाट बिनाचिरफार उपचार गरिने पनि उनले जानकारी दिए।

“हामीकहाँ हुने उपचारका लागि प्रयोग हुने उपकरण र प्रविधि यूएसए र युकेजस्ता विकसित देशका इन्स्टिच्युटले प्रयोग उपकरणउस्तै छन्। त्यसैले हाम्रो सेवा विश्वस्तरको छ” दाबीका साथ डा खड्गीले भने। सन् २००५ बाट सो प्रविधिबाट उपचार गरेका उनले कुवेत, फ्रान्स, पाकिस्तान, भारत, अमेरिका, बेलायतलगायत दर्जनौँ मुलुकमा गई मिनी पिसिएनएल विभिबाट लाइभ सर्जरीसमेत गरेका छन्।

डा खड्गी नेपालमै पहिलो पटक मिनिपिसिएनल प्रविधिबाट पत्थरीको उपचार गर्ने डाक्टर हुन्।

भूलवशः यसअघि राखिएको शीर्षक सच्याइएको छ- प्रधानसम्पादक


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved