बंगलादेशमा यात्रुबाहक डुङ्गामा आगलागी हुँदा ३८ जनाको मृत्यु

नेपालभ्युज

बंगलादेशमा यात्रुबाहक डुङ्गामा आगलागी हुँदा ३८ जनाको मृत्यु

एजेन्सी। दक्षिण बंगालादेशको एक यात्रुबाहक डुङ्गा (फेरी)मा आगलागी हुँदा कम्तीमा ३८ जनाको मृत्यु भएको छ।

शुक्रबार बिहान ३ बजे खचाखच भरिएको डुङ्गामा आगलागी भएको थियो। राजधानी ढाकाबाट २५० किलोमिटर दक्षिणमा रहेको ग्रामिण शहर झलोकटी नजिकैको सुगन्धा नदीमा रहेको उक्त डुङ्गामा आगलागी भएको थियो। डुङ्गामा करीब ५ सय यात्रु सवार रहेको प्रहरीले जनाएको छ।

फेरिको इन्जिनबाट आगलागी शुरु भएपछि केही यात्रुले ज्यान जोगाउन नदीमा हाम फालेका थिए।

‘तीन तले यात्रुवाहक डुङ्गा मध्य नदी पुग्दा आगो लागेको रहेछ, ३८ जना मृत भेटिएका छन्, मृतकको संख्या अझै बढ्न सक्छ, धेरैले ज्यान जोगाउन नदीमा हाम फालेका रहेछन्, ती मध्ये केही बेपत्ता छन्,’ झलोकटीका प्रहरी प्रमुख मोइनुल इस्लामले स्थानीय समाचार माध्यमलाई बताएका छन्।

घाइतेमध्ये ५० जनाको स्थानीय अस्पतालमा उपचार भइरहेकोमा केही अवस्था गम्भीर रहेको झलोकोठी जिल्ला प्रशासन प्रमुख जोहर अलीलाई उद्धृत गर्दै अलजजिराले लेखेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved