कांग्रेस प्रदेश २ सभापतिमा देउवा पक्षका कृष्ण यादव विजयी

नेपाली कांग्रेसको प्रदेश २ सभापतिमा कृष्ण यादव विजयी भएका छन्। उनी केन्द्रीय पार्टी सभापति शेरबहादुर देउवा पक्षका हुन्।

कांग्रेस प्रदेश २ सभापतिमा देउवा पक्षका कृष्ण यादव विजयी

जनकपुरधाम। नेपाली कांग्रेसको प्रदेश २ सभापतिमा कृष्ण यादव विजयी भएका छन्। उनी केन्द्रीय पार्टी सभापति शेरबहादुर देउवा पक्षका हुन्।

आज बिहान सार्वजनिक मत परिणामअनुसार यादवले ९९६ मत पाएका छन्। उनका निकटतम प्रतिस्पर्धी राम सरोज यादवले ८५५ मत पाएका छन्।

१९ सय ३८ मतदाता मध्ये १८ सय ८१ मत खसेको थियो। २८ मत बदर भएको छ। मत परिणामको औपचारिक घोषणा हुन भने बाँकी छ।

प्रदेश २ मा विमलेन्द्र निधि र शेखर कोइराला पक्षले गठबन्धन गरेका थिए। कृष्ण यादव कांग्रेसका रौतहटका सभापति हुन् भने रामसरोज कांग्रेस प्रदेश २ संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री  हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved