काठमाडौं। सर्वोच्च अदालतले अन्तर्राष्ट्रिय अपराधिक दुनियाँमा ‘बिकिनी किलर’ का रूपमा कुख्यात चार्ल्स शोभराज गुरुमुखलाई थुनामा राखेकोबारे कारण देखाउ आदेश जारी गरेको छ।
आज अनिलकुमार सिन्हाको एकल इजलासले उनलाई थुनामा राख्नुको कारण पेश गर्न सरकारलाई आदेश दिएको हो। सर्वोच्चले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई तीन दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्न निर्देशन दिएको हो।
चार दशकदेखि अमेरिकी र क्यानडाली महिलाको हत्या आरोपमा शोभराज नेपालको कारागारमा छन्।
फ्रेन्च नागरिक शोभराज वि.सं. २०६० असोज २ गतेदेखि जेलमा छन्। अन्तर्राष्ट्रिय अपराधमा कुख्यात शोभराजलाई विश्वभरका प्रहरीले खोजिरहे पनि पक्राउ गर्न सकेको थिएन। उनलाई २०६० सालमा नेपाल प्रहरीले अमेरिकी नागरिकको हत्या अभियोगमा पक्राउ गरेको थियो।
कुख्यात अन्तराष्ट्रिय अपराधी शोभराजले गत २१ कात्तिकमा उमेर र आधा सजाय काटिसकेकाले कैद छूटको माग गर्दै सर्वोच्च अदालत पुगेका थिए।
Facebook Comment
Comment