अन्तरजातीय प्रेमको सजाय : जंगलमा यसरी बित्यो चन्द्रे कामीको ७ दिन
नग्न अवस्थामै यो जोडीलाई कोठाबाट निकालेर कुटपीट गरे। चुकुल फोडेर परिवारका अन्य सदस्य बाहिर निस्कदाँसम्म चन्द्रे बेपत्ता भइसकेका थिए। प्रत्यक्षदर्शी स्थानीयवासीहरुका अनुसार उनलाई हात बाँधेर लगिएको थियो।
मंसीर २९ : हामी सबै सुतेका थियौं। राती ढोकामा ढकढक आवाज आयो। त्यसै रातको १२ बजेको हुँदो हो। केटी पक्ष आएका रहेछन्। उनको बुवा र अरू आठ–दश जना मान्छे रहेछन्। हामीलाई जबर्जस्ती लगे। पर जङ्गलमा पुगेपछि गालामा थप्पड हाने। थप्पड कसले हान्यो ? याद छैन। ‘कामी भएर ठकुरीको छोरी भगाउने’ भन्दै गाली गरे। नाना– भाँती भने, सबै कुरा याद छैन। त्यसपछि मलाई त्यही जङ्गलमा छाडिदिए। प्रेमिकालाई लिएर उनीहरू गए। म फेरि घर फर्केर जाउँ भने कुटपिट गर्लान् भन्ने सोचेर घर फर्किइन्। राती जङ्गलमै बास बसे। पुस १, २, ३ : जङ्गलमै बसेको थिएँ, त्यहीँ सुते। बिहान भयो। सर्केगाडको माथि जङ्गलमा पुगे। भोकै बसे। पानीका मूलहरू फुटेका ठाउँमा पानी खाए। खोला खाल्छीमा बगेको पानी खाँए। खोलाको छेउमा केही पानीअमलाको बोट भेटियो। त्यही खाँए। अरू फलफूल केही भेटिन्छ की भनेर खोजें तर पाइँन। तीन रात त्यसरी नै जङ्गलमा बिताए। जङ्गल ठूलो रहेछ,डुलिरहँे। पुस ४ गते : बिहान म गुसामा पुगे। त्यहाँ गोठहरू रहेछन्। तर, बस्ती भेटिँन। गोठमा गाई–बाख्रा बाँधिएको रहेछ्। त्यहाँ, स्याउहरू खाल्डोमा राखिएको भेटेँ। चर्को भोक लागिरहेको थियो। स्याउ खाए। म बाहिरदै सुतें, गोठमा मानिसहरू पराल हाल्न आइरहेका थिए। पुस ५ : मानिसले थाहा पाउलान् र प्रेमिकाको माइतीलाई खबर गर्देलान् भन्ने ठानेर गाउँतिर गए, गोठ आसपास डुलेँ। बाख्रालाई खानपिन गराएर मानिसहरू साँझ घर फर्कदै रहेछन्। उनीहरू गएपछि म गोठमा छिरे। बाख्राको लागि खोले पकाएर ल्याइएको रहेछ। त्यही खाँए। धेरै दिनपछि अन्न खान पाउँदा खुसी लाग्यो। र त्यो रात गोठमै सुते। न्यानोे भएर होला मज्जाले निदाँए। पुस ६ : गोठबाट उठेर हिँडे। गुसा भन्ने ठाउँबाट हिँडेर म सुनकाँडा भन्ने ठाउँ पुगे। त्यहाँ सानो बजार रहेछ। एउटा होटेल भेटँे। त्यही खाजा खान दिए। फर्सीको तरकारी पनि खाएँ। र त्यही सुते। पुस ७ : म बिहानै उठेर हिँडे। सदरमुकाम जाने सोच आयो। यान्चुमा पुगेपछि पुलिसहरूसँग भेट भयो। बिहान ८ बजेको हुँदो हो। उनीहरूले नजिकै पसलमा लगेर पकाएको चाउचाउ खान दिए। त्यसपछि यहाँ घर पुर्याइदिने भन्दै चौकीमा ल्याए।
२९ मंसीरमा बेपत्ता भएर ८ दिनपछि बुधबार भेटिएका हुम्ला सुर्केगाड गाउँपालिका–१ नाप्काका धनञ्जय कामीका छोरा चन्द्रे कामी (१८ वर्ष) ले प्रहरीमा दिएको बयान हो, यो। बयानबारे जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रवक्ता समेत रहेका प्रहरी निरीक्षक दानसिंह भण्डारीले नेपालभ्यूजलाई जानकारी दिएका हुन्।
जिल्लाको खार्पुनाथ गाउँपालिका रहेको प्रहरी चौकीबाट खटिएको टोलीले चन्द्रेलाई भेटाएको प्रहरी निरीक्षक भण्डारीले बताए। उनलाई अहिले जिल्ला प्रहरी कार्यालय सिमिकोट लगिएको छ। चन्द्रे फेला परेपछि प्रहरीले परिवारलाई खबर गरेको छ। गाउँबाट उनको परिवार जिल्ला प्रहरी कार्यालय जाँदैछ। यता, उनकी प्रेमिका र प्रेमिकाका ा बाबुलाई पनि प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ।
अब चन्द्रको अभिभावक आइपुगेपछि थप प्रक्रिया अघि बढ्ने प्रहरीले बताएको छ। ‘‘अब चन्द्रको परिवारलाई पर्खिरहेका छौँ, उहाँहरूले अपहरण तथा शरीर–बन्धक सम्बन्धमा उजुरी दिनुभएको छ। केटा फेला परिसक्यो। दुबैै पक्ष भेट भएपछि उहाँहरूले निष्कर्ष निकाल्नुहोला’’ प्रहरी निरीक्षक भण्डारीले भने।
सुर्केगाड
फूलमाला लगाउने बहानामा अपहरण
५ मंसीरमा मुगुकी मल्ल थरकी एक १७ वर्षीया किशोरीसँग चन्द्रेले भागी विवाह गरेका थिए। २९ मंसीर मध्यरात किशोरीका बाबु वीरबहादुर मल्लसहित १३ जनाको समूहले सर्केगाड–१ जैरस्थित चन्द्रेको घरबाट ती किशोरीलाई लगेको थियो। त्यही रातदेखि बेपत्ता चन्द्रे सीमावर्ती गाउँमा भेटिएका हुन्।
चन्द्रे र ती किशोरी झन्डै २ वर्ष ६ महिनादेखि प्रेम सम्बन्धमा थिए। जिल्लाको साँधसीमा नजिकै भएकाले आवत–जावत गर्दा माया प्रेम बसेको चन्द्रेले प्रहरीलाई दिएको बयानमा उल्लेख छ। आपसी मायाप्रेमलाई विवाहमा परिणत गर्ने इच्छामा आफ्नो जात तगारो बनेको उनले बताएका छन्।
एकातर्फ चन्द्रे र ती किशोरी एक अर्कालाई छाड्नै नसक्ने अवस्थामा पुगिसकेको थिए। अर्कोतर्फ, अन्धविश्वासले जरा गाडेको समाजमा कथित उच्च जात (ठकुरी)का अभिभावकले दलितलाई आफ्नी छोरी सुम्पन चाहेनन्।
यसैगरी अन्तरजातीय प्रेम विवाह गर्न खोज्दा रुकुम जाजरकोटका नवराज विकसहित उनका साथीसमेत ६ जना मारिएको घटना चन्द्रे र उनकी प्रेमिकालाई थाहा नभएको होइन। तर, आफ्नो प्रेमलाई तिलाञ्जली दिनुको साटो समाजसँग विद्रोह गर्ने निचोड उनीहरुले निकाले। र, ५ मंसीरमा भागे।
शुरुमा उनीहरु रीप गाउँमा बसेका थिए। चन्द्रेका अनुसार त्यतिबेला प्रेमीकाको घरबाट ‘‘मारिदिने धम्की’’ दिदैं बारम्बार फोन आइरहेको थियोे। तर उनीहरूले आफू बसेको ठाउँ बताएनन्।
उता, चन्द्रेको घरमा केटीपक्षका मानिसहरू आएर छोरी खोजेर ल्याउन दबाब दिइरहे। ‘रुकुमकै काण्ड’ दोहो¥याइदिने धम्की दिए। तर, चन्द्रेका परिवारले आफ्ना छोराको ठेगाना थाहा नभएको बताए।
त्यसपछि केटी पक्ष आएर चन्द्रेका परिवारलाई फकाउन थाले। ‘‘पहिला जे नहुनु भइहाल्यो। दुवै जनालाई घर बोलाउनु, हामी फूलमालाले स्वागत गर्छौँ। उनीहरूको भव्य बिहे नै गरिदिन्छौ,’’ उनीहरूले भने।
केटी पक्षको कुरा सुनेपछि चन्द्रेका बुबाले आफ्ना छोरालाई खबर गरे। र, १९ दिनपछि किशोरीलाई लिएर चन्द्रे आफ्नो घर फर्किए। केटी पक्ष स्वागतमा आउने चन्द्रेको आशा त्यतिबेला निराशामा परिणत भयो, जब २९ पुसको मध्यरात २० जनाको समूहले चन्द्रेको घरमा आक्रमण ग¥यो। परिवारका अन्य सदस्य सुत्ने कोठामा चुकुल लगाइदिएपछि चन्दे्र र किशोरी बस्ने कोठातर्फ उनीहरू सोझिए।
नग्न अवस्थामै यो जोडीलाई कोठाबाट निकालेर कुटपीट गरे। चुकुल फोडेर परिवारका अन्य सदस्य बाहिर निस्कदाँसम्म चन्द्रे बेपत्ता भइसकेका थिए। प्रत्यक्षदर्शी स्थानीयवासीहरुका अनुसार उनलाई हात बाँधेर लगिएको थियो।
Facebook Comment
Comment