कांग्रेसमा मंगलबार सकिएको मत गणनामा २१ सदस्य निर्वाचित

अझै केही क्लस्टरको मत परिणाम आउन बाँकी

कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत मङ्गलवार सकिएको मतगणनामा २१ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्।

नेपालभ्युज

कांग्रेसमा मंगलबार सकिएको मत गणनामा २१ सदस्य निर्वाचित

काठमाडौँ। नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत मङ्गलवार सकिएको मतगणनामा २१ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। मत गणनाबाट प्रदेश १, वाग्मती, कर्णाली प्रदेश र मुस्लिमतर्फ तीन–तीन जना तथा मधेसीतर्फ नौ जना निर्वाचित भएका हुन्।

कांग्रेस निर्वाचन समितिका अनुसार प्रदेश १ को खुलातर्फ अमृत अर्याल र राजीव कोइराला तथा प्रदेश १ को महिलातर्फ महेन्द्रकुमारी लिम्बु विजयी भएका छन्।

वाग्मती प्रदेशको खुलातर्फ ध्यानगोविन्द रञ्जित र राजेन्द्रकुमार केसी तथा वाग्मती प्रदेशको महिलातर्फ उर्मिला नेपाल केसी विजयी भए।

कर्णालीको खुलातर्फ राजेशविक्रम शाही र कर्णबहादुर बुढा तथा महिलातर्फ जानकी सिंह विजयी भएका छन्।

यता मधेशी खुलातर्फ अजय चौरसिया, विनोद चौधरी, चन्द्रमोहन यादव, दिनेशकुमार यादव र महेन्द्रकुमार राय निर्वाचित भए। मधेशी महिलातर्फ मक्ताकुमारी यादव, मिनाक्षी झा, मञ्जुकुमारी यादव र नागिना यादव निर्वाचित भए ।

यस्तै मुस्लिम खुलातर्फ अब्दुल रज्जाक र अब्दुल सतार तथा मुस्लिम महिलातर्फ जावेदा खातुन जागा विजयी भएका छन्। अब क्लस्टरको मत गणना भइरहेको निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved