महिला टी-ट्वान्टीमा एपीएफको विजयी शुरुआत

नेपालभ्युज

महिला टी-ट्वान्टीमा एपीएफको विजयी शुरुआत

धनगढी। राष्ट्रिय महिला टी-ट्वान्टी क्रिकेट प्रतियोगितमा एपीएफ क्लबले विजयी शुरुआत गरेको छ। कैलालीस्थित धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको समूह ‘बी’को खेलमा प्रदेश नं. २ लाई ४८ रनले पराजति गर्‍यो।

टस हालेर पहिले ब्याटिङ गरेको एपीएफले १५ ओभरमा छोट्याइएको खेलमा ८ विकेटको क्षतिमा ९८ रन जोडेको थियो। एपीएफका लागि ज्योति पाण्डेले २४ र ईन्दू बर्माले २१ रन जोडेकी थिइन्।

बलिङतर्फ प्रदेश २ की बिमला मगरले ३ विकेट लिइन्।

जवाफमा ९९ रनको लक्ष्य पछ्याएको प्रदेश २ ले खराब ब्याटिङकाबीच १५ ओभरमा ९ विकेट गुमाउँदै मात्र ५० रन जोड्न सक्यो।

मेलिना रायमाझीले सर्वाधिक २० रन जोडेको प्रदेश २ का लागि अन्य कुनै पनि खेलाडीले दोहोरो रन संख्या छुन सकेनन्।

जितसँगै एपीएफले समूहमा २ अंक जोडेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved