प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक एमालेले बहिस्कार गर्ने

नेपालभ्युज

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक एमालेले बहिस्कार गर्ने

काठमाडौं। प्रमुख विपक्षी नेकपा एमाले सर्वदलीय बैठकमा सहभागी नहुने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार बोलाएको सर्वदलीय बैठकमा सहभागी नहुने एमालेले जनाएको हो।

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का नेता सहभागी हुने बैठकमा नजाने एमालेको अडान छ। आफ्नो पार्टीले कारबाही गरेका व्यक्तिहरूले दर्ता गरेको दल नेकपा (एस) अवैध रहेको र उक्त दल सहभागी हुने बैठकमा आफूहरू सहभागी नहुने एमाले स्रोतले जनाएको छ।
प्रधानमन्त्री देउवाले संसद्को अवरोध हटाउने तथा एमसीसी लगायतका विषयमा छलफल गर्न आइतबार सर्वदलीय बैठक बोलाएका छन्।
यसअघि एमालेले सर्वदलीय बैठक बहिष्कार गरेको थियो। एमालेले कारबाही गरेका माधवकुमार नेपालसहितका १४ सांसद्लाई सभामुखले कारबाही नगरेको भन्दै सो पार्टीले निरन्तर संसद् अवरुद्ध पार्दै आएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved