एमसीसीबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

नेपालभ्युज

एमसीसीबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक
फाइल तस्वीर

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार दिउँसो ४ बजे सर्वदलीय बैठक बोलाएका छन्।

एमसीसी र संसद् अवरोधबारे छलफल गर्न प्रधानमन्त्री देउवाले बैठक बोलाएको प्रधानमन्त्रीका सहयोगी गोविन्द परियारले जानकारी दिए।

बैठकमा एमसीसी संसद्मा लैजानेबारे छलफल हुने जनाइएको छ।

शुक्रबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री देउवालाई भेटेका थिए। भेटमा एमसीसी र प्रतिपक्षी दल नेकपा एमालेले गरेको संसद् अवरोधका विषयमा छलफल भएको थियो।

एमालेले २३ भदौदेखि संसद् अवरोध जारी राखेकोमा सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो पार्टीले निष्काशन गरेका सांसद्लाई थमौती गरेर पार्टी विभाजनमा सहयोग गरेको आरोप लगाएको छ। जसकारण सभामुखले मार्गप्रशस्त नगरेसम्म वा सर्वोच्च अदालतमा यस विषयमा परेको रिटमाथि फैसला नभएसम्म संसद् अवरोध जारी राख्ने अडान राखेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved