शहीद स्मारक 'ए' डिभिजन लिग

भोलिबाट पाँचौं चरणका खेल, पहिलोमा सातदोबाटो र आर्मी भिड्ने

नेपालभ्युज

भोलिबाट पाँचौं चरणका खेल, पहिलोमा सातदोबाटो र आर्मी भिड्ने

काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगमा भोलि (शुक्रबार) बाट पाँचौं चरणका खेल आरम्भ हुँदैछन्।

तीन चरणको खेल तालिका सार्वजनिक हुँदा मनाङका तीन खेल पोखरामा हुँदैछन्। लिगअन्तर्गत अबका तीन चरण निकै रोचक हुने अनुमान गरिएको छ। सातौं चरणको समाप्तीमा एएफसी क्लब लाइसेन्सप्राप्त चार टोलीमध्ये शीर्ष स्थानमा रहने टोलीले एएफसी कपको छनोट चरण खेल्ने टुंगो लाग्नेछ।

शुक्रबार पहिलो खेलमा सातदोबाटो युथ क्लबले विभागीय टोली त्रिभुवन आर्मीसँग प्रतिस्पर्धा गर्दै छ। अन्डरडगको रूपमा हेरिएको सातदोबाटो क्लब विभागीय बलियो टोलीलाई रोक्दै अंकका लागि खेल्दा आर्मीले एएफसी कप छनोट चरण खेल्ने लक्ष्य लिएर स्पष्ट तीन अंक जोड्ने चाहन्छ।

सातदोबाटोका सहायक प्रशिक्षक सुरज महर्जनले आर्मीलाई रोक्दै तीन अंकका लागि खेल्ने बताए। यस्तै अन्य टोलीका प्रशिक्षकले पनि पाँचौं चरणका खेलमा प्रतिस्पर्धा गर्ने बताए।

लिगअन्तर्गत दिनको दोस्रो खेलमा संकटा र मच्छिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ। लिगमा चौथो चरणका खेल सकिँदा तेस्रो चरणमा अंक जोड्न असफल भएका टोलीले खाता खोलेका छन्।

एन्फाले नवौं चरणको खेल तालिका सोमबार सार्वजनिक गरेको थियो। त्यसमध्ये मनाङले खेल्ने तीन खेल पोखरामा हुनेछन् भने बाँकी सबै खेल दशरथ रंगशालामा हुँदैछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved