गंगालालले दश हजार विद्यार्थीको मुटु जाँच गर्दै

नेपालभ्युज

गंगालालले दश हजार विद्यार्थीको मुटु जाँच गर्दै
सांकेतिक तस्वीर।

काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रले बुढानिलकण्ठ नगरपालिकाका सामुदायिक विद्यालयहरुका करिब १० हजार विद्यार्थीको मुटुको स्क्रिनिङ निःशुल्क गर्ने भएको छ।

नगरपालिकाका ५ देखि १५ वर्षसम्मका करिब १० हजार विद्यार्थीहर्लाई विद्यायलयमै गएर ६ पुसदेखि मुटु जाँच गर्न लागिएको केन्द्रका निर्देशक डा.चन्द्रमणि अधिकारीले बताए। उनी भन्छन् ‘‘बालबालिकाहरुको मुटुको अवस्था कस्तो छ भनेर त्यसमाथि पनि विशेषगरि बाथ मुटु रोगलाई प्रथामिकतामा राखेर जाँच गर्न लागिएको हो।”

केन्द्रमा कार्यरत मुटु रोग विशेषज्ञ डा.कुन्जङ शेर्पाको नेतृत्वमा १२ जनाको टोली बनाएर बालबालिकाको मुटु स्क्रिनिङ गर्न लागिएको निर्देशक डा.अधिकारीले बताए।

‘‘सामुदायिक विद्ययालकालाई पहिलो प्रथामिकतामा राखेर परिक्षण गर्न लागिएको,”हो उनले भने, ‘‘१० हजार विद्यार्थी सामुदायिक विद्यालयबाट पुगेनन् भने अरु विद्यालयमा पनि परिक्षण गरिने योजना रहेको छ।”

२०७५ र ७६ मा नेपाल सरकारद्धारा काथ मुटरोगीहरुको भल्भ लगायत शल्यक्रियाको निःशुल्क उपचार गर्ने घोषणा अनुसार नै गंगाला केन्द्रमा २०२० मा ४२३ जना बाथ मुटु रोगीको शल्यक्रिया गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved