ए डिभिजन लिगः चौंथो चरणका खेल सकिँदा मछिन्द्र शीर्ष स्थानमा

लिगमा पाँचौ चरणका खेलका पुस २ गतेदेखि हुनेछन्।

नेपालभ्युज

ए डिभिजन लिगः चौंथो चरणका खेल सकिँदा मछिन्द्र शीर्ष स्थानमा

काठमाडौं। शहीद स्मारक ए डिभिजन लिगमा चौंथो चरणका खेलहरु सकिँदा साविक विजेता मछिन्द्र क्लबले शीर्ष स्थानमा कब्जा जमाएको छ। अपराजित रहेको उसले चार खेलबाट तीन जितसहित १० अंक बटुलेको छ।

यस्तै, लिगको दोस्रो स्थानमा मनाङ मर्स्याङ्दी क्लब रहेको छ। अपराजित रहेको उसले पनि चार खेलबाट १० अंक नै बटुलेको छ। तर गोल अन्तरका आधारमा उ दोस्रो स्थानमा रहेको हो।

लिगमा शीर्ष पाँच भित्र त्रिभुवन आर्मी, संकटा क्लब र सातदोबाटो युथ क्लब परेका छन्। आर्मी र संकटासँग समान आठ अंक छ भने सातदोबाटोसँग सात अंक रहेको छ।

लिगअन्तर्गत हिजो भएका खेलमा संकटा क्लबले विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै लिगमा दोस्रो जित निकाल्दा दिनको दोस्रो खेलमा ब्रिगेड ब्वाइजसँग गोलरहित बराबरी खेल्दै जावलाखेल युथ क्लबले अंकको खाता खोलेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको पहिलो खेलमा संकटाले विभागीय टोली पुलिस क्लबलाई १–० ले हराउँदै जारी लिगमा दोस्रो जित निकाल्न सफल भएको थियो।

निकै रोमाञ्चक बनेको खेलमा संकटालाई जित दिलाउन निरज बस्नेतले १८ औं मिनेटमा गरेको गोल निर्णायक बनेको हो । लक्ष्मण रुचालको कर्नरमा लक्ष्मणले डाइभिङ हेडमार्फत संकटालाई शुरुआती अग्रता दिलाएका हुन् । निरजले संकटाका लागि तेस्रो गोल गर्दा जारी लिगमा गोल संख्या ५० पुगेको छ ।

जितसँगै संकटाले ४ खेलमा ८ अंक जोडेको छ । यता पुलिसले ४ खेलमा ५ अंक जोडेको छ । पुलिस लिगको सातौं स्थानमा रहेको छ ।

लिग अन्तर्गत हिजोको दोस्रो खेलमा जावलाखेल युथ क्लबले ब्रिगेड ब्वाइज क्लबलाई गोलरहित बराबरीमा रोक्दै जारी लिगमा पहिलो अंक जोड्न सफल भएको छ। अघिल्ला सबै खेलमा नतिजा सुम्पिएको जावलाखेल युथ क्लबले लिगमा पहिलो अंक जोड्दै एपीएफलाई पछि पारेको छ। ऊ लिगको १३ औँ स्थानमा उक्लिएको छ।

लिगमा पाँचौ चरणका खेलका पुस २ गतेदेखि हुनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved