जीवनराम श्रेष्ठ बने एकीकृत समाजवादीको प्रमुख सचेतक

एकीकृत समाजवादीले राष्ट्रियसभा संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी भने शेरबहादुर कुँवरलाई दिएको छ।

नेपालभ्युज

जीवनराम श्रेष्ठ बने एकीकृत समाजवादीको प्रमुख सचेतक

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)ले संसदीय दलको प्रमुख सचेतक छानेको छ।

एकीकृत समाजवादीले संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभाको प्रमुख सचेतक छानेको हो।

एकीकृत समाजवादीले प्रतिनिधिसभा संसदीय दलको प्रमुख सचेतकमा जीवनराम श्रेष्ठलाई चयन गरेको छ। उनी एकीकृत समाजवादीका सचिव पनि हुन्।

एकीकृत समाजवादीले राष्ट्रियसभा संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी शेरबहादुर कुँवरलाई दिएको छ।

संसद्मा रहेका पहिलो र दोस्रो दलले मात्र सचेतकको सुविधा पाउने भएकाले नेकपा एसले प्रमुख सचेतकमात्र मनोनयन गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved