एमाले केन्द्रीय कमिटी बैठक आज पनि

हिजोदेखि शुरु भएको बैठक आज सकिनेछ।

नेपालभ्युज

एमाले केन्द्रीय कमिटी बैठक आज पनि

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ। हिजोदेखि शुरु भएको बैठक आज सकिनेछ।

एमालेको दशौँ महाधिवेशनपछिको केन्द्रीय कमिटीको दोस्रो बैठक भक्तपुरको गठ्ठाघरस्थित जर्मन हाउस हस्पिटालिटीको हलमा जारी रहेको छ। आज पनि बिहान ११ देखि बजे बैठक बस्नेछ।

हिजोको बैठकले अनुशासन आयोगका पूर्व अध्यक्ष अमृत कुमार बोहरालाई सल्लाहकार परिषद्को जिम्मा दिने निर्णय गरेको छ।

यस्तै, बैठकबाट पुस २३ गते जिल्ला र माघ ८ गते प्रदेश अधिवेशन गर्ने निर्णय भएको छ । माघ र फागुनमा पार्टी विस्तार गर्ने निर्णय बैठकले गरेको छ।

शनिबारको बैठकमा महाधिवेशनबाट निर्वाचित भएका केन्द्रीय कमिटीलाई बधाई पत्र वितरण गरिएको साथै महाधिवेशनको संक्षिप्त समीक्षा पनि गरिएको सचिव प्रदीप ज्ञवालीले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved