कुनै पनि पदमा उम्मेदवारी नदिएका पौडेल महाधिवेशनमा नजाने मुडमा

पौडेलको चित्त दुखाई प्रकाशमानसँगमात्र भएको उनी निकट नेताहरु बताउँछन्। अब पौडेलको समर्थन शेखरलाई हुने निकटका नेताहरूको भनाई छ।

नेपालभ्युज

काठमाडौं। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औँ महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी दिएनन्। यसअघि सभापतिको आकांक्षी रहेका उनले निर्वाचन समितिले मनोनयन दर्ताका लागि दिएको समयमा कुनै पनि पदमा उम्मेदवारी नदिएका हुन्।

आफ्नो समूहमा सहमति नभएर विभाजन आएपछि कुनै पनि पदमा उम्मेदवारी दर्ता नगराएका हुन्। १३ औँ महाधिवेशनबाट चुनिएको कार्यसमितिको अन्तिम बैठकमा समेत नगएका उनी महाधिवेशनको बाँकी प्रक्रियामा समेत सहभागी नहुने भएका छन्।

शुक्रबार महाधिवेशन उद्घाटनमा पनि नआउने मनस्थितिमा पुगेका उनलाई नेताहरूको दबाबका कारण उद्घाटनस्थल ल्याइएको थियो। नेता पौडेलले सभापतिमा सर्वसम्मत उम्मेदवार आफै बन्न प्रयास गरेका थिए।

त्यसमा डा शशांक र डा शेखर कोइराला केही लचक पनि भएका थिए। तर प्रकाशमान सिंहले आफै उम्मेदवारी दिएपछि पौडेल चुनावी दौडबाट पछि हटेका हुन्। शनिबार उम्मेदवार मनोनयन चल्दै गर्दा पौडेलले एक विज्ञप्ति जारी गरेर महाधिवेशन युद्धमा हात उचालेको उनले बताए।
पौडेलको चित्त दुखाई प्रकाशमानसँगमात्र भएको उनी निकट नेताहरु बताउँछन्। अब पौडेलको समर्थन शेखरलाई हुने निकटका नेताहरूको भनाई छ। ती नेताले भने ‘‘अब उहाँको समर्थन डा. शेखरलाई रहन्छ, तर महाधिवेशन प्रक्रियामा अब सहभागी नहुने मनस्थिति बनाउनुभएको छ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved