कांग्रेस सभापतिमा देउवासहित यी नेताले गरे उम्मेदवारी दर्ता

नेपालभ्युज

कांग्रेस सभापतिमा देउवासहित यी नेताले गरे उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी कार्यकालका लागि उम्मेदवारी दर्ता गरेका छन्। देउवाको प्रस्तावकमा बालकृष्ण खाँड र समर्थकमा कृष्ण सिटौला छन्।

कांग्रेस सभापतिमा यसअघि कल्याण गुरुङले पनि उम्मेदवारी दर्ता गराएका थिए, त्यसैगरी प्रकाशमान सिंहले पनि आफ्नो उम्मेदवारी दिएका छन्। १४ औं महाधिवेशनमा शेखर कोइरालाले पनि सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्। त्यसैगरी, विमलेन्द्र निधिले पनि उम्मेदवारी दर्ता गराएका छन्। त्यसैगरी गोर्खाबाट युवराज न्यौपानेले पनि उम्मेदवारी दिएका छन्।

कसको प्यालनबाट को–को महामन्त्री ?

देउवाको प्यानलबाट पूर्णबहादुर खड्का र विजयकुमार गच्छदार उपसभापति छन्। त्यस्तै, प्रकाशशरण महत र प्रदीप पौडेल महामन्त्रीका उम्मेदवार छन्। त्यसैगरी, प्रकाशमानसिंहको प्यानलबाट उपसभापतिमा सुजाता कोइराला र  विश्वप्रकाश शर्मा महामन्त्रीको उम्मेदवार छन्। त्यस्तै, कोइरालाको प्यानलबाट उपसभापतिमा धनराज गुरुङ र चन्द्रा भण्डारी उपसभापतिको उम्मेदवार छन्। कोइराला प्यानलबाट मिनेन्द्र रिजाल र गगन थापा महामन्त्रीका उम्मेदवार छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved