हरिवन बजारको एक पसलमा आगलागी, ५० लाखका सामान जले

नेपालभ्युज

हरिवन बजारको एक पसलमा आगलागी, ५० लाखका सामान जले

सर्लाही । हरिवन नगपालिकास्थित बजारको एक पसलमा आगलागी हुँदा ५० लाख बढीको सामान जलेर नष्ट भएको छ।

हरिवनका विक्रम नेपालले बजारमा भाडा लिएर राखेको होलसेल पसलमा आगलागी भएको हो। शुक्रबार राति साँढे १ बजेतिर भएको आगलागीबाट पसलभित्र बिक्रीका लागि राखिएका टीभी, फ्रिजलगायत इलेक्ट्रोनिक सामग्री जलेका हुन्।

आगलागीमा परेर पसल बाहिर पार्किङ गरेर राखिएको नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष टंकबहादुर क्षेत्रीको ज२प ८५७६ नम्बरको मोटरसाइकलसमेत पूर्ण रूपमा जलेको छ।

स्थानीयबासी, दमकल र प्रहरी मिलेर करिब एक घण्टा लगाएर आगो नियन्त्रणमा लिएका थिए। आगलागीको खास कारण खुल्न सकेको छैन। तर विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved