सिंह प्यानलबाट उपसभापति लड्दै सुजाता कोइराला

संस्थापनइतरबाट साझा उम्मेदवार बन्ने सम्भावना कम हुँदै गइरहेको समयमा सुजाताले उपसभापतिमा उम्मेदवारी घोषणा गरेकी हुन्।

नेपालभ्युज

सिंह प्यानलबाट उपसभापति लड्दै सुजाता कोइराला

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सुजाता कोइराला उपसभापतिको उम्मेदवार बन्ने भएकी छन्।

सुजाता प्रकाशमान सिंहको प्यानलबाट उपसभापति बन्न लागेकी हुन्।

संस्थापनइतरबाट साझा उम्मेदवार बन्ने सम्भावना कम हुँदै गइरहेको समयमा सुजाताले उपसभापतिमा उम्मेदवारी घोषणा गरेकी हुन्।

सिंहले इतर पक्षबाट आफू लड्ने भन्दै कसैका लागि आफू पछि नहट्ने बताएका छन्। उनले केहीबेरमा आफ्नो अवधारणा पत्र सार्वजनिक गर्दै छन्।

उक्त अवधारणा पत्र सार्वजनिक गर्ने कार्यक्रममा सुजाता पनि उपस्थित हुने बताइएको छ। त्यसलगत्ते उनीहरुले प्यानलसहित मनोनयन दर्ता गराउनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved