अन्तर्राष्ट्रिय मानव अधिकार दिवसमा प्रभात फेरि तथा दीप प्रज्वलन

अन्तर्राष्ट्रिय मानव अधिकार दिवसमा प्रभात फेरि तथा दीप प्रज्वलन

जनकपुरधाम। महोत्तरी सदरमुकाम जलेश्वरमा ७३ औ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइएको छ। ‘विधिको शासन कायम गरौंः मान अधिकारको सम्मान गरौँ’ भन्ने मूल नाराका साथ महोत्तरी कार्यक्षेत्र भई मानव अधिकारको क्षेत्रमा काम गर्दै आएका विभिन्न संघ सङ्गठनले प्रभातफेरी निकाली दिवस मनाएको छ।

जलेश्वरको बुद्धिजीवी चोक देखि जलेश्वरनाथ महादेव मन्दिरसम्म निकालिएको उक्त प्रभातफेरीमा इन्सेक, थर्ड एलायन्स, मानव अधिकार संरक्षण केन्द्र, ओरेक नेपाल, टिपिओ नेपाल, वाईएनपिडी, फ्रिडम फर अल नेपाल, प्रयास, समाज विकास केन्द्र, जिल्ला महिला संजाल, महिला मानव अधिकार रक्षक संजाल महोत्तरी र यूथ एडभोकेसी नेपाल लगायतका विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधिले सहभागिता जनाएका थिए।

प्रभातफेरी पश्चात् भएको कोणसभामा बोल्दै मानव अधिकारवादीहरूले महोत्तरीमा मानव अधिकार हननका घटनाहरूका साथै बोक्सी आरोपमा प्रताडित गर्ने अभक्ष खुवाउने तथा महिला माथि विभिन्न प्रकारका हिंसाका घटनाहरू बढिरहेकोमा सरोकारवाला निकायहरू यसप्रति गम्भीर हुनु पर्ने बताए। त्यसै गरी साँझ जलेश्वर स्थित दुर्गाचोकमा दीप प्रज्वलन गर्ने समेत गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved